तीस हजार घुस रकमसहित नेपाल प्रहरीका सई पक्राउ

तीस हजार घुस रकमसहित नेपाल प्रहरीका सई पक्राउ

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • तीस हजार घुस रकमसहित नेपाल प्रहरीका सई पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रुपन्देहीमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ ।

    बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

    रुपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैधरूपमा घरायसी सामान भित्र्याउन सहजीकरण घुस लिइसकेको अवस्थामा खड्कालाई मायादेवी गाउँपालिका-६ बाट बुधबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

    खड्कामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij