वीरगञ्ज नाका हुँदै ३ खर्ब ९० अर्बको सामान आयात

वीरगञ्ज नाका हुँदै ३ खर्ब ९० अर्बको सामान आयात

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • वीरगञ्ज नाका हुँदै ३ खर्ब ९० अर्बको सामान आयात

    काठमाडौं ।  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा ३ खर्ब ९० अर्ब १८ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।  गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११.४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आर्थिक वर्षको आठ महिनामा ३ खर्ब ५० अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।

    उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब २२ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने १ खर्ब २० अर्ब ५३ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । 

    यो नाका हुँदै चालु आवको आठ महिनामा २९ अर्ब २९ करोड रुपैयाँँ मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । गत आवको पनि सोही समयमा भटमासको कच्चा पदार्थ ५ अर्ब ७८ करोड रुपैयाँ मूल्य बराबरको भित्रिएको थियो । चालु आर्थिक बर्षको आठ महिनामा २२ अर्ब ५१ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आवको सोही अवधिम २१ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको थियो ।  

    चालु आवको आठ महिनामा २१ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुजा आयात भएको छ भने गत आर्थिक वर्षमा १८ अर्ब ६५ करोड रुपैयाँ मूल्य पर्ने सोही सामान आयात भएको थियो । चालु आवको आठ महिनामा ११ अर्ब ६८ करोड रुपैयाँ मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएआर्थिक वर्षका छन् ।

    गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब १० करोड रुपैयाँ मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij