खाँदबारीमा बजार अनुगमन तीव्र, १ लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री नष्ट

खाँदबारीमा बजार अनुगमन तीव्र, १ लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री नष्ट

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • खाँदबारीमा बजार अनुगमन तीव्र, १ लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री नष्ट

    किमाथाङ्का। धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा १ लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ।

    उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाएको छ। डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका ६ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए।

    बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभा उद्योग वाणिज्य संघका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij