गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट, ३ महिनामा एकपटक मात्रै मिटर रिडिङ

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट, ३ महिनामा एकपटक मात्रै मिटर रिडिङ

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट, ३ महिनामा एकपटक मात्रै मिटर रिडिङ

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

    प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव शाक्यले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् ।

    अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । सोमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

    त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णयसमेत भएको छ । हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij