जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा

जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • जिसस काभ्रेका प्रमुख दिपककुमार गौतम रिहा

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रिहा भएका छन् । बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरीवालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए ।

    जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी अहिले थुनामुक्त भएका छन् । 

    गौतम नेकपा एकीकृत समाजवादीका नेता हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij