एकैदिन १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एकैदिन १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • एकैदिन १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij