सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट, यस्तो छ कारण

    काठमाडौं । दोहोरो सुविधा लिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।आफ्नो कार्यक्षेत्रमा खटिएका मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौंमा पनि सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रप्रकाश भुसालले रिट निवेदन दर्ता गरेका हुन् । त्यसमा रोक लगाउनुपन भुसालको माग छ । 

    उनले ललितपुर भैसेपाटीमा रहेको आवास र अरु सुविधाबाट उनीहरुलाई बञ्चित गर्नुपर्ने माग गरेका छन् ।

    भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूका लागि २७ रोपनी १२ आना क्षेत्रफलमा आवास निर्माण भएको छ ।

    त्यहाँ ७ वटा भवनमा १४ वटा ब्लक छन् । आवासक्षेत्र निर्माण गर्न ८५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ । आवासमा प्रदेश प्रमुखको निवास र मुख्यमन्त्रीका निवास छन् । उनीहरु काठमाडौं आउदा त्यही निवासको प्रयोग गर्छन ।

    प्रदेश प्रमुखको लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब २–३ लाख सम्म हुनसक्ने र मुख्यमन्त्रीका लागि आवास बाहेकका सुविधा खर्च प्रति महिना करिब ३–४ लाख सम्म हुनसक्ने भन्दै रिट निवेदनमा अधिवक्ता भुषालले राज्यकोषमा भार परेको उल्लेख गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij