अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ३ जनाको सनाखत

    काठमाडौं । शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको छ ।

    मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् ।

    त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का बस चालक मदनकुमार विक रहेको जनाइएको छ । उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको छ ।

    दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij