विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक पनि स्थगित

    काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेपछि स्थगित भएको हो । 

    यही कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन । दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो । तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखेका थिए ।

    त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठक पनि विपक्षी दलको निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij