अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

    काठमाडौं ।  अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार रहेका छन् ।

    प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो ।

    आरोपीको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ ।

    अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन पठाइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij