६ घण्टापछि नियन्त्रणमा आयो इटहरीको सेन्टर प्लाजामा लागेको आगो

६ घण्टापछि नियन्त्रणमा आयो इटहरीको सेन्टर प्लाजामा लागेको आगो

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • ६ घण्टापछि नियन्त्रणमा आयो इटहरीको सेन्टर प्लाजामा लागेको आगो

    काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ ।  भर्खरै आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

    प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगोलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो । आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

    आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो । प्लाजाका विभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो ।

    आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैंक, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठूला पसलहरू सञ्चालनमा रहेका छन । आगलागीको कारण भने खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

    उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij