खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    मुद्दा दायर हुनेहरुमा तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्ल्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो ।

    खप्तडछान्ना–४ स्थित सिम्लका घट्ट सिंचाई योजनाको आर्थिक बर्ष २०७६/०७७ मा बार्षिक बजेट विनियोजन भई फिल्डमा कार्य सम्पन्न भइसकेको र आर्थिक बर्ष २०७७/७८ को बार्षिक योजना किताबमा उक्त सिम्लका घट्ट सिंचाई योजना नरहेको र फिल्डमा कुनै कामसमेत नभएकोमा पहिले नै सम्पन्न भइसकेको योजनालाई आर्थिक बर्ष २०७७/७८ मा उक्त योजनाको उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता, लागत अनुमान, प्राविधिक मूल्याङ्‍कनसहितको रिपोर्ट समेत गलत लिखत तयार गर्नेरगराउने कार्य गरी अनियमितता गरेको आरोप छ ।

     सोही गलत लिखतको आधारमा उपभोक्ता समितिलाई भुक्तानीको लागि सिफारिस गरेको, योजना नै नरहेको कामको लागत अनुमान, सम्झौता पत्र, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन लगायतका गलत लिखत कागजातहरु लुकाउने छिपाउने बदनियतले च्यातेरच्यात्न लगाएको र झुट्टा बिल भरपाईको आधारमा भुक्तानीको लागि चेकसमेत दिए लिएको देखिएबाट उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु तत्कालिन गाउँपालिका अध्यक्ष रोकाया, वडा ४ का तत्कालिन वडाध्यक्ष भीमबहादुर र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालिन इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिष्टेन्ट इन्जिनियर जनक थापा मगर र तत्‍कालिन लेखापाल मदनराज जोशीविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

    उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८ सय १७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij