काठमाडौं उपत्यकाका करिब ३२ प्रतिशत सवारी प्रदूषित

काठमाडौं उपत्यकाका करिब ३२ प्रतिशत सवारी प्रदूषित

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • काठमाडौं उपत्यकाका करिब ३२ प्रतिशत सवारी प्रदूषित

    काठमाडौं । काठमाडौं उपत्यकाका सवारीसाधन प्रदूषण परीक्षण गर्दा झन्डै ३२ प्रतिशत प्रदूषित भेटिएका छन् । वातावरण विभागले ६ महिना गरेको सवारीसाधनको पदूषण परीक्षणमा ३१.८८ प्रतिशत सवारीमा प्रदूषित फेला परेका हुन् । 

    विभागले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ४१४ वटा सवारी जाँच गर्दा १३२ वटामा प्रदूषण फेल भएको जनाएको छ । 

    जाँचका क्रममा फेल भेटिएका सवारीमा बस, स्कुल बस, सामान बोक्ने ट्रक लगायत रहेको विभागले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij