लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • लमजुङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार हिजाे दोर्दी गाउँपालिका–५, पाचोक क्षेत्रस्थित कैँची जंगलको कच्ची सडकमा ट्र्याक्टर दुर्घटना हुँदा तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका अन्दाजी २७ वर्षीय किरण गुरुङको घटनास्थलमै मृत्यु भएको हो । 

    कैँचीडाँडाबाट काठदाउरा लिन चाँदीडाँडा जाँदै गरेको ग१त ५२७६ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। उनले दुर्घटना स्थल जंगल रहेको र त्यहाँ वरिपरि कोही नभएकाले मृतक चालक हुन् वा अन्य भनेर यकिन भईनसकेको बताए। 

    दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij