३ समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय

३ समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • ३ समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको उक्त समितिले ललितपुरको सुमेरु र काठमाडौंका लालीगुराँस तथा नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण चुक्ता गर्न समय दिएको हो । 

    तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो । समितिले  तीनवटै सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन भनेको छ । तोकिएको समयभित्र दायित्व राफसाफ  नगर्नेलाई कुनै बैंक वा वित्तिय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ । 

    समितिले सोमबा तीनवटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवं सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै कारोबार नगर्न निर्देशन दिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij