दुई किशोरी मृत्युबारे जनप्रतिनिधिले गराए गृहमन्त्रीको ध्यानाकर्षण

दुई किशोरी मृत्युबारे जनप्रतिनिधिले गराए गृहमन्त्रीको ध्यानाकर्षण

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • दुई किशोरी मृत्युबारे जनप्रतिनिधिले गराए गृहमन्त्रीको ध्यानाकर्षण
    अछाम । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका दुईजना किशोरी जङ्गलमा मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  
     
    ढकारी गाउँपालिका– ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नं १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो । किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको जनाएका छन् ।
     
    आज बिहान मन्त्री निवासमै पुगेर पूर्वमन्त्री तथा अछाम– १ का सांसद शेरबहादुर कँुवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
     
    गृहमन्त्री लेखकले घटनाको सुरुवातदेखि नै आफूले गम्भीरतापूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिए। उनका अनुसार घटनाको छानविनका लागि प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान थालेको छ ।
     
    यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका पाँच जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका थिए । उनीहरुले नेपालदेखि भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij