काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखसहित १ जना पक्राउ

काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखसहित १ जना पक्राउ

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • काठमाडौंबाट स्रोत नखुलेको ३९ लाखसहित १ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

    उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

    हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij