सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं । कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको हो ।

    बलात्कारमा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।

    उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ‍ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij