रविको मुद्दा न्यायाधीश माधवप्रसादको इजलासमा

रविको मुद्दा न्यायाधीश माधवप्रसादको इजलासमा

आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • रविको मुद्दा न्यायाधीश माधवप्रसादको इजलासमा

    काठमाडौं । जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा परेको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक बहस हुने भएको हो ।

    काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ । लामिछाने सहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रवार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij