विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका दुम्कीबासमा रहेकाे विनयी खोलाको पुल भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी दिए । बेलुकी ५ बजेतिर पुलको बीच भाग भासिएपछि गाडी सञ्चालन ठप्प भएकाे पोख्रेलले बताए ।

    पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको काम थालिएको प्रमुख जिल्ला अधिकारी पाेख्रेलले बताए । डाइभर्सन निर्माण गरी गाडी सञ्चालन गर्न केही समय लाग्ने उनकाे भनाइ छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij