काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
आजको बैठकले २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गर्ने निर्णय गर्नेछ ।
यस्तै बैठकले ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्ने निर्णय पनि गर्नेछ ।
यसअघि पुस १७ गते बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । बैठकले एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा सिफारिस गर्ने जनाइएको छ।