डोल प्रसाद अर्याललाई कार्यवाहक सभापति बनाउने तयारीमा रास्वपा

डोल प्रसाद अर्याललाई कार्यवाहक सभापति बनाउने तयारीमा रास्वपा

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • डोल प्रसाद अर्याललाई कार्यवाहक सभापति बनाउने तयारीमा रास्वपा

    काठमाडौं । सभापति रवि लामिछोनविरुद्ध कास्की अदालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।

    डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएका छन् । यसअघि कार्यवाहक सभापति डीपी कि स्वर्णिम भन्नेमा विवाद रहँदै आएको थियो । रास्वपाले आज जुममार्फत सचिवालय बैठक गर्दैछ । सोही बैठकबाट डीपीले कार्यवाहक सभापति पाउने सम्भावना रहेको बताईन्छ ।

    कार्यवाहक सभापतिको विषय टुंगिन लागेपनि संसदीय दलको नेताको विषयमा भने कुनै निर्णय भएको छैन । हालसम्म रवि संसदीय दलको नेता र वीराजभक्त श्रेष्ठ उपनेता रहेका थिए । सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा दर्ता भएपछि रवि सांसदबाट स्वत निलम्बन हुने भएका छन् । उनी सांसदबाट निलम्बन भएको अवस्थामा विराजभक्त वा स्वर्णिममध्ये एक जनाले दलको नेताको जिम्मा पाउने सम्भावना रहेको छ ।

    रविविरुद्ध आइतबार तीन अभियोगमा मुद्दा दायर भएको थियो । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij