चितवन । सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार आज बिहान करिब १० बजे पहिरो खसेको थियो । पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो खसेपछि तिहार मनाउँन काठमाडौं बाहिर हिडेका हजारौ यात्रु अलपत्र परेका छन् । त्यसैगरी राजधानी भित्रने सैयौ सवारीसाधनसमेत रोकिएको प्रहरीले जनाउको छ।