इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

आइतवार, कार्तिक २२ २०८३
आइतवार, कार्तिक २२ २०८३
  • इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    सुनसरी । इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९ का २७ वर्षीय स्पर्स अर्याल र विराटनगर महानगरपालिका–२ का २८ वर्षीय सास्वत पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

    कोशी लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा दुर्घटना भएको थियो ।

    ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा संलग्न ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij