काठमाडौं । प्रहरी हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटो खिच्ने डा.निकोलस भुसाललाई प्रहरीले अनुसन्धानका लागि पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।
उनलाई आइतबार बेलुका काठमाडौँको थलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको प्रहरीले जनाएको छ । यत्ति एयरको विमानबाट पोखरा पठाएका उनले कास्की प्रहरीले थप अनुसन्धान अगाडि बढाउने छ ।