बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

    काठमाडौं ।  अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेका छन् । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको हो । 

    अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर कञ्चनपुरकी युवतीको परिवारसँग टेलिफोनमा कुुराकानी गरेर बहुविवाह गराउन भूमिका खेलेको आरोप उनीमाथि छ ।

    मालीले ३१ वर्षीया युवतीलाई झुक्याएर मंसिर २२ गते विवाह गरेका थिए । उनले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा समेत लागिसकेको भन्दै युवतीसँग कुरा गरेका थिए । तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो । कञ्चनपुरकी युवतीसँग बिहे भइसकेपछि उनको पहिले नै बिहे भइसकेको टिकटकमार्फत् खुलासा भएको थियो ।

    जेठी श्रीमतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले मालीलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ । यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

    धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij