एनपीएलको फाइनलमा मधेशीमाथि कुटपिट भएको विरोधमा सर्लाहीमा प्रदर्शन

एनपीएलको फाइनलमा मधेशीमाथि कुटपिट भएको विरोधमा सर्लाहीमा प्रदर्शन

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • एनपीएलको फाइनलमा मधेशीमाथि कुटपिट भएको विरोधमा सर्लाहीमा प्रदर्शन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै सर्लाहीमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी युवा संघ सर्लाहीले सोमबार बिहान सर्लाहीमा प्रदर्शन गरेको हो ।

    काठमाडौंमा मधेशी युवामाथिको आक्रमण नश्लीय विभेदको उपज रहेको भन्दै उनीहरूले सर्लाहीको कविलाशी नगरपालिका १० स्थित सेलम्पुर चोकमा बिहान साढे ६ बजे देखि ९ बजेसम्म टायर बालेर तथा चक्का जाम गरेर विरोध प्रदर्शन गरेको हाे ।

    खेल हारेको रिसमा मधेशी युवामाथि कुटपिट तथा दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij