रोशी १ का वडाध्यक्ष श्रीदास लामाको निधन

रोशी १ का वडाध्यक्ष श्रीदास लामाको निधन

सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • रोशी १ का वडाध्यक्ष श्रीदास लामाको निधन

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ। उनको निधनको शोकमा आज पालिकामा शोक बिदा दिइएको छ ।

    क्यान्सर रोगको उपचार गर्दै आएका उनको आइतबार उपचारका क्रममा निधन भएको हो । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले जारी गरेको शोक विज्ञप्तिमा आज पुस ८ गते पालिकाभर शोक बिदा दिइको उल्लेख छ ।

    नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij