काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका १२ वटा क्याम्पस प्रमुखका लागी ४९ जनाको सर्टलिष्ट सार्वजनिक गरिएको छ । क्याम्पस प्रमुख छनौट समितिले विभिन्न १२ वटा क्याम्पसका प्रमुखको सर्टलिष्ट सार्वजनिक गरेको हो ।
त्रिविले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, जुम्ला क्याम्पस जुम्ला, डोटी बहुमुखी क्याम्पस डोटी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिराहा, रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौँ, पृथ्वी क्याम्पस पोखरा, भोजपुर क्याम्पस भोजपुर, रामस्वरुपव रामसागर क्याम्पस जनकपुर, बुटवल बहुमुखी क्याम्पस बुटवल, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितकला क्याम्पस भोटाहिटी र भैरहवा बहुमुखी क्याम्पस भैरहवाको क्याम्पस प्रमुखका लागि आवेदन आह्वान गरेको थियो ।
उनीहरूलाई पुस १४ गतेदेखि प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइएको त्रिविले जनाएको छ ।


