काठमाडौं । हङकङबाट काठमाडौं आएको जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु भएको छ ।
शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू जहाजभित्रै अचेत भेटिएका थिए ।
जहाजभित्रै अचेत भएका उनलाई जहाज अवतरणपछि उपचारका लागि नजिककै काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो ।
अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।
उनी कतिबेला बेहोस् भएका थिए भन्ने यकिन समेत छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।