निवेदन लिएर अदालत पुगेकी विनु शाही प्रहरी हिरासतमा

निवेदन लिएर अदालत पुगेकी विनु शाही प्रहरी हिरासतमा

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • निवेदन लिएर अदालत पुगेकी विनु शाही प्रहरी हिरासतमा

    काठमाडौं । आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाहीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा पठाइएको छ । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन साथ ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । तर बयानको क्रम जारी नै रहेकाले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको हो ।

    ललितपुर जिल्ला अदालतका सूचना अधिकारी रामसजीवन महतोका अनुसार अदालतमा बयानको क्रम नसकिएकाले हेर्दाहेर्दैमा राखी जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको हो ।

    शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन । उनी प्रहरीलाई चक्मा दिँदै सुटुक्क अदालत पुगेकी हुन् । 

    न्यायाधीश रीताकुमारी बख्रेलको इजलासमा उनको बयान चलिरहेको छ ।

    इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापासहित ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।

    प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहेको बेला उनले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।​

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij