यू–१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानबीचकाे खेल बराबरी

यू–१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानबीचकाे खेल बराबरी

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • यू–१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानबीचकाे खेल बराबरी

    काठमाडौं । नेपालको १९ वर्षमुनिको महिला टोली र भुटानको १९ वर्षमुनिको महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल १–१ गोलको बराबरीमा सकिएको छ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालकी सुशीला केसी र भुटानकी फुन्त्सो छोदेनले गोल गरिन् । खेलमा नेपालले अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा सकिएको हो ।

    यसअघि गएको शुक्रवार भएको खेलमा भुटानको १६ वर्षमुनिको महिला टोलीले नेपालको १६ वर्षमुनिको महिला टोलीलाई ५–१ गोलले हराएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij