रवि, जिबी र छविको सम्पत्ति जफत गर्न अदालतको माग

रवि, जिबी र छविको सम्पत्ति जफत गर्न अदालतको माग

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • रवि, जिबी र छविको सम्पत्ति जफत गर्न अदालतको माग

    काठमाडौं । सहकारी ठगी, संगठित अपराध  र सम्पत्ति  शुद्धीकरणको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जना विरूद्धको मुद्दामा उनीहरूको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयल कास्कीले आइतबार लामिछानेसहित विरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । दर्ता भएको मुद्दामा लामिछानेसहित, जिबी राई र छविलाल जोशीको पनि सम्पत्ति नै जफत गर्न माग गरेको हो । 

    लामिछानेसँगै जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ । गुरूङबाहेक अन्यविरूद्ध पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो ।

    उनीहरूविरूद्ध एक अर्ब ५१ करोड बिगो मागदाबी भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij