काठमाडौं । ईको केयर सेभिङ्ग एण्ड क्रेडिट सहकारीको १४ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गर्र्दै सहकारीले आफ्नो १४ औं वाार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सहकारीका कार्यबाहक अध्यक्ष गणेश प्रसाद पराजुलीले आर्थिक वर्ष २०८०/८१ मा गरिएका कार्यहरु, प्रगति विवरणका समिक्षा र चालू आर्थिक वर्षमा गर्ने कार्य योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उनले २०६७ सालमा दर्ता भएर विभिन्न परिस्थितिको सामना गर्दै हालसम्मको अवस्थामा आइपुग्न निकै संघर्ष गर्नुपरेको बताए ।
सहकारीले आर्थिक वर्ष २०८०/८१ मा विगतका घाटाहरुको पूर्ति गरेर थप २ लाख १८ हजार रुपैयाँ नाफा समेत गरेको उनले जानकारी दिए । साथै, चालू आर्थिक वर्षमा संस्थाको शेयर पूँजी ४९ लाख ६५ हजार ५ सय रुपैयाँबाट बढाएर ७५ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको समेत उनले बताए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष श्रीधर मरासिनिले गत आर्थिक वर्षमा सहकारीले ४० लाख २४ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । सो आर्थिक वर्षमा सहकारीले ब्याज, कर्मचारी लगायतका शिर्षकमा ३७ लाख ७९ हजार रुपैयाा खर्च गर्दा पनि २ लाख १८ हजार रुपैयाँ नाफा हुन गएको उनले जानकारी दिए ।
२०८१ असार मसान्तसम्ममा सहकारीको जम्मा सम्पत्ति २ करोड ६५ लाख २४ हजार रुपैयाँ रहेको कोषाध्यक्ष मरासिनिले कार्यक्रममार्फत् जानकारी दिए ।
कार्यक्रममा बल बहादुर मल्ल प्रमुख अतिथि रहेका थिए ।