जनकपुर बोल्टसविरूद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस

जनकपुर बोल्टसविरूद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • जनकपुर बोल्टसविरूद्ध अभद्र नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस

    काठमाडौं । मधेसी आयोगले एनपिएलअन्तर्गत जनकपुर बोल्टस् र कर्णाली याक्सको खेलमा जनकपुर बोल्टसप्रति लक्ष्य गर्दै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाउनेहरूमाथि कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ ।

    पुस ४ गते भएको खेलमा एउटा उदण्ड र अराजक समूहले जनकपुर बोल्टसप्रति देखाएका नश्लीय र साम्प्रदायिक तथा रंगीयताका अभद्र रंग कुनै पनि तवरले अग्राह्य रहेको ठम्याइ आयोगको छ ।

    ‘विभिन्न प्रकारका सञ्चारमाध्यमबाट प्रष्टीएकाहरू माथि राज्यका जिम्मेवारीमा बसेका सुरक्षा निकायहरूले कुनै पनि कारबाही नगर्नु अशोभनिय रहेको र जिम्मेवारी बोध नभएको देखिन्छ । कुनै पनि देशको संविधान, ऐन, कानूनले त्यो मुलुकको सभ्यता-संस्कृति-प्रथा-परम्परा-सोच-व्यवहार र सामाजिक रितिरिवाज समेतलाई प्रतिबिम्बित गरेको हुन्छ,’ आयोगले विज्ञप्ति निकालेर भनेको छ ।

    संविधान, ऐन, कानूनले विभेद, गलत रितिरिवाज, छुवाछूतविरूद्ध कानुनी रूपमा दण्ड सजायको गरेको भए पनि कानुनी व्यवस्थाको बावजुद पनि यस्ता विभेदकारी सोच र व्यवहार व्यवहारिक रूपमा विद्यमान रहेको देखिएको आयोगको भनाइ छ ।

    ‘अहिले एउटा सम्प्रदायमा देखिएका मधेसी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ । एनपिएलमा जनकपुरका खेलाडीहरूका अगाडी नै अभद्र र अपमानित हुने खालका नाराजुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुन विपरितका दण्डनीय कार्य रहेको छ,’ आयोगले भनेको छ ।

    तत्कालै राज्यले ती उदण्डी र अभद्री अपराधिलाई तुरून्त कानूनी रुपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपिल गरेको विज्ञप्तिमा उल्लेख छ । 

    ‘सोको लागि आयोगले गृह प्रशासनमा सिफारिस समेत गरिसकेको छ, साथै संयमित हुन समेत आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij