काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाा रहेको चाँदीको मूल्य आज बढेर १ हजार ७९० रुपैयाा पुगेको महासंघले जनाएको छ ।