बैतडीमा पिङ खेल्ने क्रममा डोरी बेरिएर बालकको मृत्यु

बैतडीमा पिङ खेल्ने क्रममा डोरी बेरिएर बालकको मृत्यु

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बैतडीमा पिङ खेल्ने क्रममा डोरी बेरिएर बालकको मृत्यु

    काठमाडौं । बैतडीमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–ग्वाल्लेकका १४ वर्षीय सन्दिप भनिने सन्तोष जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

    घर नजिकै बाख्रा चराउन गएका सन्तोष पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर बेहोस भएका थिए । 

    बेहोस भएका जोशीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij