सुदूरपश्चिमका अर्थमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित तीन जना घाइते

सुदूरपश्चिमका अर्थमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित तीन जना घाइते

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • सुदूरपश्चिमका अर्थमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित तीन जना घाइते

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् ।

    राज्यमन्त्री बम सवार प्रदेश ३-०१-०२४ च नम्बरको मोटर साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij