खोला किनारामा टिकटक बनाउँदा बगाएर नर्स र विद्यार्थीको मृत्यु

खोला किनारामा टिकटक बनाउँदा बगाएर नर्स र विद्यार्थीको मृत्यु

आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • खोला किनारामा टिकटक बनाउँदा बगाएर नर्स र विद्यार्थीको मृत्यु

    काठमाडौं । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । 

    विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिवार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए ।

    हिजो अपराह्न खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् । शव मृतकका परिवारलाई आइतवार मात्र हस्तान्तरण गरिने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij