बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा

बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • बारामा बरामद शव प्रहरी भान्सेको भएको खुलासा

    काठमाडौं । बारामा शनिबार बिहान फेला परेको शव पहिचान खुलेको छ । सिमरा उपमहानगरपालिका वडा नम्बर–११ मा मृत भेटिएका व्यक्ति प्रहरीको कार्यालय सहयोगी रहेको बारा प्रहरीले पुष्टि गरेको छ ।  

     बेवारिसे अवस्थामा फेला परेको शव प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बा रहेको जनाइएको छ । मृतक रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए । 

    बेवारिसे हत्या गरिएको अनुमान रहेता पनि पोष्टमार्टम रिपोर्ट नआउँदासम्म यकिनका साथ भन्न सकिने अवस्था नरहेको जनाइएको छ । 

    बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । यो गाडी बारा सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको छ । 

    मृतकको टाउको पछाडि गहिरो चोट लागेको बारा प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij