हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि
     
    बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ ।  हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित बजेटमा १९ करोड ९७ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
     
    उपमहानगरपालिकाको गत असार १० गतेको नगरसभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ५२ करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तथा नगर क्षेत्रका नागरिकको जीवनस्तरमा सुधार ल्याउन बजेट संशोधन गरी बजेटमा वृद्धि गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । 
     
    विभिन्न विषयगत समितिबाट पेस भएअनुसार कर्मचारी तथा जनप्रतिनिधिको तलब भत्ता, सबारी इन्धन तथा मर्मत, कायौलय सञ्चालन तथा प्रशासनिक खर्च, ईसिडि शिक्षक र विद्यालय कर्मचारी प्रोत्साहन, बालमैत्री स्थानीय शासन अभियान, वहुवर्षीय योजनाको भुक्तानीलगायत लागि चालु वर्षमा वृद्धि गरिएको प्रवक्ता न्यौपानेले बताए । नदीजन्य पदार्थको उत्खन्न तथा बिक्री वितरण, आन्तरिक राजस्व स्रोत तथा सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा सो बजेट रकम व्यवस्थापन गरिने उनको भनाइ छ । 
     
    हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा विभिन्न शीर्षकबाट २० करोड ६२ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यस्तै सो अवधिमा चालु आर्थिक वर्ष २०८१/८२ को कूल बजेट मध्ये २१ दशमलव १२ प्रतिशत खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij