कारभित्र एकजना मृत अवस्थामा फेला

कारभित्र एकजना मृत अवस्थामा फेला

शनिवार, पौष ६ २०८१
शनिवार, पौष ६ २०८१
  • कारभित्र एकजना मृत अवस्थामा फेला

    काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् ।

    बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

    स्थानीयले ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने जनाइएको छ । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ ।

    गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij