अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चको आदेशपछि रिहा गरिएको हो ।

    न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिइएको थियो ।

    अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करविरुद्धको लडाईं जारी रहने बताए । उनले आफूलाई अदालतले न्याय दिएको बताए। उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij