पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एकजनाको मृत्यु

पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एकजनाको मृत्यु

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एकजनाको मृत्यु

    काठमाडौं । विस्फोटक पदार्थ पड्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-२ दोभानमा विस्फोटक पदार्थ  पड्किँदा सोही स्थानका २८ वर्षीय सुरज सोमैको मृत्यु भएको हो ।

    सडकमा मदन सोमैको घर पछाडि आँगनमा सलाईको काटीबाट माछा मार्न विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोटन हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    विस्फोटक पदार्थ अचानक पड्किँदा घाइते भएका उनको उपचारका क्रममा बुटवल हस्पिटलमा मृत्यु भएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij