धनुषामा बोराभित्र एकजनाको शव फेला

धनुषामा बोराभित्र एकजनाको शव फेला

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • धनुषामा बोराभित्र एकजनाको शव फेला

    काठमाडौं । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

    प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो ।

    घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको छ ।

    प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij