हिरासतमा सुतेको रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन

हिरासतमा सुतेको रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • हिरासतमा सुतेको रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन

    काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

    समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरीले जनाएकाे छ ।

    छानबिन आन्तरिक रूपमा सुरु भैसकेको प्रहरीले जनाएकाे छ । कास्की प्रहरी परिसरभित्र ६ वटा हिरासत कक्ष छन् । २० वटा सीसीटीभी क्यामेराले ती हिरासत कक्षलाई कन्ट्रोल गरेको छ । लामिछाने हिरासतको ‘सिंगल’ कोठामा छन् ।

    सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्ड जाँदा खिचेको देखिन्छ । तस्बिर सार्वजनिक भएपछि एकातिर मानवअधिकार हनन् र अर्कोतिर प्रहरी परिसरको सुरक्षा थ्रेटलाई उदांगो बनाएको सुरक्षाका जानकारहरू बताउँछन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij