आगलागीमा परी १० लाख बढीको क्षति

आगलागीमा परी १० लाख बढीको क्षति

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • आगलागीमा परी १० लाख बढीको क्षति

    महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा  १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो । 

    इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो । गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा एक करोड बढीको धनमाल क्षति भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij