जथाभावी फोहोर फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिबाना

जथाभावी फोहोर फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिबाना

बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • जथाभावी फोहोर फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिबाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो ।

    हिजै काठमाडौं महानगरपालिकाले ३ नम्बर वडाको धुम्वराहि क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार कारबाही गरेको थियो ।

    पछिल्लो समय काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोष्टर टाँस्ने, निर्माण सामाग्री जथभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रामक नीति लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij