भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने

भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने

बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने

    चितवन । जिल्लाको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो ।

    नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै रु २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिए । 

    अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उनले बताए । उनले भने, “अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ ।” 

    राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरुको लागि अस्पताल अपरिहार्य रहेको छ । अतिविपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ । 

    भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्नसक्ने सहयोगबारे चासो देखाउनुभएको लामाले जानकारी दिए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij