४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ

४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • ४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ

    काठमाडौं । प्रहरीले ४ जना महिलासहित २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले १७ पुरुष र चार महिलासहित २१ जना फरार अभियुक्त पक्राउ गरेको हो।

    पुस १ र २ गरी दुई दिनभित्र जिल्ला प्रहरी तथा मातहत प्रहरी कार्यालयवाट खटिईएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका २१ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ । 

    पक्राउ परेका उनीहरुको साथबाट २ वर्ष १ महिना कैद सजाय र ६० हजार ७ सय २५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । पक्राउ परेकामध्ये सबैभन्दा बढी डाका र कुटपिट मुद्दाका चार(चार जना छन् भने गाली बेइज्जत र कुटपिटका तीन, तथा कुटपिट र लुटपिट र चौपाया चोरी कसुरका दुई–दुई जना छन्।

    यस्तै अपराधिक उपद्रव, कुटपिट अंगभंग, मुद्दा सम्बन्धि, चेक अनादार र गर्भपतन मुद्दाका एक एक जना छन् । पक्राउ परेका मध्ये कुटपिटमा एक तथा गाली बेइज्जत र कुटपिट अंगभंगका ३ गरी ४ जना महिला रहेको प्रहरीले जनाएको छ ।

    चालु आर्थिक वर्षको हालसम्ममा १ सय ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij